images
images

सामान्य अंकले बढ्यो नेप्से, जीवन बीमाबाहेक अरु सबै समूहमा हरियाली


  • 394
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    सामान्य अंकले बढ्यो नेप्से, जीवन बीमाबाहेक अरु सबै समूहमा हरियाली

    काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२७ अंकले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ । २ सय १९ स्क्रिपको २ अर्ब ६७ करोड बराबरको ६१ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने गिरावट आएको छ ।  

    आज सर्वाधिक शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९.१३ प्रतिशतका दरले कमाएका छन् ।

     


    images
    images

    Logo