images
images

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता हुने घोषणा


  • 389
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ प्रतियोगिता हुने घोषणा

    काठमाडौं । ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ प्रतियोगिता हुने भएको छ । 

    आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले हिजो एक कार्यक्रमका बीच प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा पुरुषहरूले सहभागिता जनाउन सक्नेछन् ।

     
    सहभागिताका लागि ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को आधिकारिक फेसबुक पेजमा गएर आवेदन भर्न सकिने र प्रतियोगिता विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।

    यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वल्र्ड– २०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

    १८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् । उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन ।

    प्रतियोगिताको नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाल कार्की रहेका छन् भने क्रिएटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् ।


    images
    images

    Logo