images
images

आजकाे माैसम : यी ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • 268
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    आजकाे माैसम : यी ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज बिहान देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् । 

    दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     


    images
    images

    Logo