काठमाडौं । अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।
लघुवित्तले सर्वसाधारणका लागि कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमध्ये १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याइएको छ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।