images
images

४४ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ? 


  • 804
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    ४४ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ? 

    काठमाडौं ।  महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ४४.२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड रुपैयाँ कमाएको थियो। 

    बैंकको खुद व्याज आम्दानी १ अर्ब ८९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६० करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५८ करोड ६१ लाख रहेको छ ।

    असार मसान्तसम्म बैंकको निक्षेप ४२ अर्ब ३७ करोड रहेको छ भने भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप ३८ अर्ब ६८ करोड रहेका थियो । त्यस्तै, कर्जा  ३५ अर्ब ५ करोड रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा ३० अर्ब ६४  रुपैयाँ रहेको थियो । 

    कम्पनीको प्रति सेयर आम्दानी २३.७३ रहेको छ। त्यसैगरी नेटवर्थ १६०.०९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १५.९३ गुणा रहेको छ ।

     


    images
    images

    Logo