images
images

भन्सार छलिको ल्याईएका मोवाईल सहित १ जना पक्राउ 


  • 405
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    भन्सार छलिको ल्याईएका मोवाईल सहित १ जना पक्राउ 

    काठमाडौं । प्रहरीले  भारतबाट अबैध रुपमा भन्सार छलि  ल्याईएको मोवाईल सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पंजावस्थित जालंधर नगर, सैदाँ गेट घर भई हाल का.जि. गौशाला बस्ने संदीप अहुजा रहेका छन् । 

    भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा निजलाई फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । 

    निजको कोठा खानतलासी गर्दा भन्सार छलि बिक्री वितरण गर्ने उद्धेश्यले राखेका स्यमसुङ्, ओप्पो लगायत बिभिन्न मोडलका १२ थान मोवाईल फेला पारी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण, काठमाण्डौ पठाईएको कोइरालाले बताएका छन् । 


    images
    images

    Logo