काठमाडौं । क्यानडा पठाईदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरमा–६ मा बस्नेछिरिङ डोमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जान १४ लाख लाग्ने र क्यानडा पुगेपछि २ लाख बढी तलब दिने प्रतिष्ठित कम्पनीमा काममा लगाईने भन्दै ७ लाख लिई सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले शेर्पालाई शुक्रबार गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभागमा पठाईएको सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।



