images
images

बिहीबार बसेको मन्त्रिपरिषद्को १३ निर्णय


  • 513
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    बिहीबार बसेको मन्त्रिपरिषद्को १३ निर्णय

    ठमाडौं । नेपाल सरकारको साउन १९ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा निणर्यहरु गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । 

    यसका साथै शहरी विद्युत सारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजनका लागि जापानी सरकारबाट १९ अर्ब ९० करोड १० लाख सहुलीयतपुर्णं ऋण सहायता प्राप्त गर्ने टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, साउन १ गतेदेखि लागुहुने निक्षेप सुरक्षणको सीमा ३ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ । 

    यस्तै, नेपाल प्रशासन सेवाको राजपत्रताङ्कि प्रथम श्रेणीका सहसचिब दिपक काफ्लेलाई राजपत्रताङ्कि विशिष्ठ श्रेणीमा बढुवा गरि लम्विनी प्रदेशको प्रमुख सहसचिबमा पदस्थापना गर्ने, नेपालको लेखापरिक्षण सेवाको राजपत्रताङ्कि प्रथम श्रेणीका सहसचिब विन्दु विष्टलाई राजपत्रताङ्कि विशिष्ठ श्रेणीमा बढुवा गरि महालेखपरिक्षक कार्यालयको उपमहानिरीक्षमा पदस्थापना गर्ने निर्णय गरेको छ । 

    यसको साथै निजामति सेवाका राजपत्रताङ्कि विशिष्ठ श्रेणीका यादव प्रसाद कोइराला सहित ६ जना अधिकृतहरुलाई सरुवा गर्ने  निर्णय गरेको छ । 


    images
    images

    Logo