images
images

सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन


  • 586
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले मंसिर ४ गते हुने आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

    कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यसैगरी, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् । 


    images
    images

    Logo