images
images

म्यूजिक नेपालले आईपीओ निष्काशन गर्ने


  • 446
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    म्यूजिक नेपालले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । म्यूजिक नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न हो । 

    यस कम्पनीले आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने आईपीओ  निष्कासन गर्नेछ ।

    उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीज्यूले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महा प्रबन्धक उत्तम थापाज्यूले हस्ताक्षर गरेका हुन् । मिति २०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपाल लिमिटेडले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो । 

     


    images
    images

    Logo