काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.८५ अंकले घटेर २ हजार १ सय ११ दशमलव ३० विन्दुमा पुगेको छ । आज २ सय १३ स्पिक्रको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको ६४ लाख १६ हजार कित्ता बराबरको शेयर किनबेच भएको छ ।
शुक्रबार २१ बटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सो रकम बराबरको हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १४ करोड १४ लाख माथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ६२ लाख, अपि पावरको ५ करोड ६७ लाख र अरुण काबेली पावरको ५ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।