काठमाडौं । प्रहरीले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३७ वर्षीय कर्ण बहादुर गुरुङ, २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर, २७ वर्षीय बिनोद केसी र २८ वर्षीय शिब सुनार रहेका छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।
उनीहरू माथि जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



