काठमाडौं । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१.४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।
कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख ६ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार रुपैयाँ, अन्तःशुल्क २ अर्ब ५७ करोड ७२ लाख २९ हजार रुपैयाँ र अन्यबाट १ अर्ब ९७ करोड ६ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आर्थिक बर्ष२०७७/७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८८.४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।