काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक सातामा मापसे गरी सवारी चलाउने १ हजार १ सय ८ जना सवारी चालकलाई कारबाही गरेको छ ।
पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या बढे संगै प्रत्येक दिन १ सय ५८ जनाभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने सवारी चालकसम्म रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २ सय ३४, १४ गते १ सय ९८, १५ गते १ सय १८, १६ गते १ सय १५, १७ गते १ सय ४२, १८ गते १ सय ४७ र १९ गते १ सय ५४ जना सवारी चालक मापसे गरी सवारी साधन चलाएको अवस्थामा भेटिएका थिए ।



