काठमाडौं । एमएमबि क्यापिटलकाे व्यवस्थापनबाट सञ्चालित एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ ले लाभांश घोषणा गरेको छ । यी दुई फण्डले गत आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट योजनाका इकाइधनीहरुलाई एनएमबि फिफ्टीले २१.०५२६३ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–१ ले २१.०५२६३ प्रतिशत लाभांश गरेको हो ।
उक्त लाभांश कम्पनी फण्डको साधारणसभाबाट पारित भएपछि सो लाभांश शेयरधनीले पाउनेछन् । फण्डले लाभांश घोषणा गरेसँगै बुक क्लोजको मिति तय गरेको छ । उक्त लाभांश पारित गर्नेको लागि कम्पनीले साउन ३१ गते बुक क्लोज गर्ने भएको छ ।