काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहिवार प्रतितोला ९६ हवार १ सयमा कारोबार भएको सुन शुक्रवार प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रवार तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदी १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।