काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्टारमा बीओके क्यापिटल नियुक्त भएको छ । कम्पनीले शुक्रवार सुचना जारि गर्दै सो जानकारी दिएको हो ।
शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटल बिच सम्झौता भएको छ ।
शेयर रजिष्टारको रुपमा बीओके क्यापिटलले मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।