images
images

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 408
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले  आयोजना प्रभावित बासिन्दाका लागि आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा अब भदौ ५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

    कम्पनीले कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार  कित्ता शेयर निष्काशन गर्न लागेको छ ।  कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।


    images
    images

    Logo