काठमाडौं । शेयर बजारको कारोबार शुक्रबार बन्द गर्न नेप्सेले तयारी थालेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा नेप्सेका प्रबन्धक निरञ्जन फुँयालले यस्तो जानकारी गराएका हुन् ।
सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो। असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ ।