नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
निगम भित्र आर्थिक भ्रष्टाचार गरेको, कर्मचारी माथि दुव्र्यवहार गरेको लगायत आरोपमा असार ६ गते उनी निलम्बनमा परेका थिए । अदालतको आदेशपछि उनी असार २३ गते काममा फर्किए पनि काम गर्ने बातावरण भने पाएका थिएनन् ।