काठमाडौं । मौद्रिक नीतिको कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पहिलो निर्देशन जारी गरेपछि शेयर बजारमा यसको प्रभाव बारे लगानीकर्ताहरु कन्फ्युजनमा देखिएका छन् । विहीबारको शेयर बजारले यस्तो देखाएको हो । दिनभर शेयर बजार घट्ने र बढ्ने क्रम चलिरह्यो अन्त्यमा बजार ३८.६१ अंकले घटेर बन्द भयो ।
आज कारोबार रकम पनि घटेर ३ अर्ब ७६ करोडमा झरेको छ । बजारमा १ सय ६१ कम्पनीको मुल्य घट्दा १९ कम्पनीको मात्र मुल्य बढेको छ ।