images
images

श्रोत नखुलेको साढे ४९ लाख रुपैँयासहित एक जना पक्राउ


  • 319
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    श्रोत नखुलेको साढे ४९ लाख रुपैँयासहित एक जना पक्राउ

    काठमाडौं । काठमाडौंबाट श्रोत नखुलेको साढे ४९ लाख रुपैँयासहित एक जना पक्राउ परेका छन् । गोरखा भएका काठमाडौं महानगरपालिका– ६ तिनचुली बगला मार्ग बस्ने २४ वर्षीय धावा घ्याल्चेन स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई काठमाडौं– ६ भूकुटी चोकबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ३२ लाख ५० रूपैयाँ र डेरा कोठाबाट १७ लाख ५० हजार रूपैयाँ फेला पारेको थियो । 


    images
    images

    Logo