काठमाडौं । नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको ९ एनएएनएफ जहाज एक्कासी अवतरण गरेको छ । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।
सो एयरलाइन्स जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु रहेका थिए ।