images
images

एकैदिन २ सय ६३ जना सवारी चालक कारबाहीमा 


  • 637
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    एकैदिन २ सय ६३ जना सवारी चालक कारबाहीमा 

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत २ सय ६३ चालक कारबाहीमा परेका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने २ सय ६३ चालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको विशेष जाँच अभियानमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स ५ वटा र अन्य सवारीसाधन १ सय ८७ वटालाई कारबाही गरिएको जानकारी दिए ।

    प्रवक्ता भट्टका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने सात चालकलाई कारबाही गरिएको छ । तीमध्ये दुई जना स्कुल बसका चालक रहेका छन् । कार्यालयका अनुसार सानो भ¥याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरी स्कुलको प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यानका चालक वीरेन्द्र तामाङ र बाँनियाटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्लिस हायर सेकेण्डरी स्कुलको बा २ क ६५७ नम्बरको बस चालक खीमप्रसाद पुनलाई कारबाही गरिएको हो ।

    पक्राउ परेका विद्यालय बसका चालकलाई आवश्यक कारबाही गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रवक्ता भट्टले बताए। यस्तै पानी बोक्ने तीन र अन्य २ सवारी साधनका चालकले मापसे सेवन गरी सवारी चलाएको पाइएको सो कार्यालयले जनाएको छ ।

    ट्राफिक कार्यालयले आजै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ बस तथा माइक्रो बसका चालकलाई कारबाही गरेको छ । प्रवक्ता भट्टका अनुसार रत्नपार्क, स्वयम्भू, सोह्रखुट्टे, बौद्ध, जावलाखेललगायत क्षेत्रको अनुगमनबाट ती चालकलाई कारबाही गरिएको हो । कार्यालयले आरक्षण सिट कार्यान्वयन नगर्ने बसलाई ३ हजार जरिवाना लिँदै आएको छ । 


    images
    images

    Logo