काठमाडौं । साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य रहेको कम्पनीको संस्थापक अध्यक्ष तथा साथीमार्टका सी.ई.ओ सागर पोखरेल जानकारी दिए ।
‘२०८०्÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ५० करोड पुर्याई आइपिओमा समेत जाने लक्ष्य छ,’ पोखरेल भन्छन् ‘आगामी योजनाहरू कार्यन्वयन गर्नको लागि कम्पनीले करिब १० लाख कित्ता सेयर समुह, प्रमोटर तथा आन्तरिक स्रोतमार्फत पुँजी वृद्धि गर्ने र कम्पनीको चुक्ता पुँजी हाललाई १५ करोड ७३ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेका छौं।’
यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै राम्रो ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
उक्त कम्पनीमा ५ जनाको अनुभवी संचालक समिति समेत रहेको छ । ७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल, टेक्नोलोजीदेखि अनलाइन शपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुत्ता पुजी हाललाई ५ करोड ७३ लाख रहेको पोखरेलले जानकारी दिए ।



