images
images

लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड भोलीदेखि


  • 460
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड भोलीदेखि

    काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि  ‘शुभ लक्ष्मी कोष’ नामक  खुल्लामुखी  म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकोे छ ।

    क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । 

    जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भन बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।  बिहीबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । 


    images
    images

    Logo