images
images

आईओसी बाट घटेर आएपनि पेट्रोलियम पदार्थकाे मूल्य नघटाउने निगमकाे निर्णय


  • 430
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    आईओसी बाट घटेर आएपनि पेट्रोलियम पदार्थकाे मूल्य नघटाउने निगमकाे निर्णय

    काठमाडौं । आईओसीबाट इन्धनको मूल्यको मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ । निगमले बुधवार विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य नघट्ने जनाएको छ । 

    आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

    निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक १ बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उउले बताए ।

    निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । निगमले अझै आइओसीलाई  २३ अर्ब भुक्तानी गर्न बाँकी छ ।

    noc-noticed.jpg


    images
    images

    Logo