काठमाडौं । नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ् । प्रहरीको विशेष टोलीले २ जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेका सन्तोष लामिछाने र मीना लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा आबद्ध रहेको जानकारी दिएको छ ।
जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरु २ जनालाई पक्राउ गरेको हो । सन्तोष र मीनामाथि ठगीको आरोप लागेको र उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद व्यक्ति रहेको सूचनापछि उडान रोकिएको नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ ।