काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ६.७१ अंकले घटेर २ हजार १ सय ८६ दशमलव ७७ को विन्दुमा पुगेको छ । आज ९६ कम्पनीको शेयर मुल्य बढेको छ । ७७ कम्पनीको शेयर मुल्य घटेका छ भने ७ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज २ सय १८ स्क्रिपको ४ अर्ब २ करोड रुपैयाँ बराबरको ९५ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक बढेको ९ उपसमूहमा राताम्मे भएका छन् । व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ।
यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावरको १५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भन हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत, समृद्धि फाइनान्सको ८.७६ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ६।७९ प्रतिशत बढेको छ।



