images
images

 राष्ट्र बैंकले गर्यो ४/१२ को नीतिमा यस्तो व्यवस्था 


  • 452
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

     राष्ट्र बैंकले गर्यो ४/१२ को नीतिमा यस्तो व्यवस्था 

    काठमाडौं । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन जारी गरेको छ । मौद्रिक नीतिको व्यावस्थापन कार्यान्वयन गर्नका लागि यस्तो निर्देशन जारी गरेको हो । मौद्रिक नीतिमा ४/१२को नीतिमा ४ लाई  हटाएर १२ को नीति कायम गरिएको छ ।

    अब एकै बैंकबाट एक व्यक्तिले १२ करोड रुपैयाँ सम्म लिन पाउने व्यवस्था गरेको छ भने कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको छ ।

    यसका साथै  मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट १ वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । 

    त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा , धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा , सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रति ग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन् ।

    घर/जग्गा धितोराखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षणकोबीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ  व्यवस्था  गरेकाे छ ।


    images
    images

    Logo