images
images

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?


  • 539
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?

    काठमाडौं ।  श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। आईपीओ आज बिहान कम्पनीकोबिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ ।आईपीओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५ सय ५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो। सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। 

    कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने  २३ लाख ८९ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको थियो। सोही शेयर आज बाँडफाँट गरिएको हो।


    images
    images

    Logo