images
images

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने, कसले कति कित्ता पाउँछन् ?


  • 395
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    श्वेतगंगा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने, कसले कति कित्ता पाउँछन् ?

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ढ कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन १८ गते (बुधबार) बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो।

    कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सोही शेयर भोली बाँडफाँट गर्न लागेको हो।

    निष्काशन गरिएको कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिनेछ। कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ। यस अनुसार कुल आवेदकमध्ये २ लाख २७ हजार २ जनाले मात्र कम्पनीको शेयर प्राप्त गर्नेछन्।


    images
    images

    Logo