काठमाडौं । नबिल बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलवार बैंकको ४ करोड ३३ लाख ६७ हजार कित्ता शेयर सुचीकृत भएको हो ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्रप्ति गर्दा कायम हुन आएको बंगलादेश बैंकको शेयर नबिल बैंकको नाममा सूचीकृत भएको छ । अब नेपाल बंगलादेश बैंकका सेयरधनीले नबिल बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् ।