images
images

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ९ जनाको पाए ११ कित्ता 


  • 367
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ९ जनाको पाए ११ कित्ता 

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा ४ बजे बाँटफाटँ सम्पन्न भएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३ सय  रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो आईपीओ आज बाडँफाटँ भएको हो । 

    कम्पनीको आईपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । 

    जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ता शेयर पाएका छन् । 

    नि


    images
    images

    Logo