काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गगरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने १४ हजार ४ सय २१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता शेयर सर्वसाधारणका लागि लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।



