images
images

मंगलवारदेखि हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार पुन: सुरु


  • 567
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    मंगलवारदेखि हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार पुन: सुरु

    काठमाडौं । मंगलवारदेखि हिमाल दोलखा हाइड्रोपावरको दोस्रोे बजारकाे शेयर कारोबार पुन: सुरु भएकाे छ । नेप्सेले सो कम्पनीको आइतवादेखि रोक्का रहेको शेयर कारोबार मंगलवादेखि पुनःसुरु हुने गरि खुल्ला गरेको हो । 

    उक्त कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको १ः०.७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भन्दै सूचना प्रकाशित गरेको र बुकक्लोजको दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा सो समेत नदिएकोले नेप्सेले कारोबार रोक्का गरेको थियो । 

    कारोबार रोक्का भएलगत्तै कम्पनीले नेप्सेको कारोबार समयभित्र बैठक बस्नु कमजोरी भएको साथै बुक क्लोजको मिति साउन १९ गते तोकि सो को जानकारी समयमा दिन नसक्नु लेखाइमा त्रुटी भएको भन्दै  क्षमायाचनाको पत्र नेप्सेलाई बुझाएको थियो ।

    सो पत्र प्राप्त गरेपश्चात नेप्सेले अब उप्रान्त यस्तो गल्ति नदोर्याउन र बुक क्लोजको मिति पुन: पठाउन निर्देशन दिँदै कारोबार खुल्ला गरेको छ । 


    images
    images

    Logo