काठमाडौं । मन्दाकिनी हाइड्रोपावर आईपीओ भोली बाडँफाटँ हुने भएको छ । कम्पनीले साउन ९ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको साधारण शेयर भोलि अथात् मंगलबार बाँडफाँट हुने भएको हो । कम्पनीका अनुसार आइतबार प्रि अलमेन्टको काम सकेर साउन १७ गते अपरान्ह ४ बजे शेयर बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धकको बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुनेछ ।
कम्पनीले ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५ सय २१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७ सय ४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीका अनुसार आईपीओमा आवेदन धेरै परेकाले गोलप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ ।



