images
images

लगातार उतारचढाव बीच सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार


  • 430
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    लगातार उतारचढाव बीच सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

    काठमाडौं । लगातार उतारचढावबीच सामान्य अंकले बढेको छ । यस दिन कारोबार अवधिभर नेप्सेमा तीव्र उतारचढाव देखिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१५ अंक बढेर २ हजार १ सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ। आज १ सय १७ स्क्रिपको ४ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर किनबेच भएको छ। आज कारोबार भएका कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

    आज नेप्सेमा सामान्य सुधार आएपनि काराेबारमा भने बृद्धि भएको छ । १ सय १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको मुल्यमा स्थिर आएको छ । साताको द्रोसो दिन सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

    नेप्सेमा सामान्य सुधार आउँदा शिवम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको यस दिन ३८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरी, एचआईडिसीएल, अपि पावर र अरुण भ्याली हाइड्रोपावरको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


    सोमबार बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी र एचआईडिसीएलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo