काठमाडौं । प्रभुसँगको मर्जरमा सेञ्चुरीका लगानीकर्तालाई १९ प्रतिशत नाफा कमाएका छन् । आइतबार मर्जर सम्झौता हुँदा कायम रहेको कारोबार मुल्यका आधारमा सेञ्चुरीका लगानीकर्ताले सो बराबरको नाफा कायम गर्न सफल भएका हुन् ।
दुई बैंकबीच आइतबार साँझ यस्तो सम्झौता भएको थियो । जसअनुसार सेञ्चुरी बैंकका शेयरधनीले मर्जरपछि बन्ने प्रभु बैंकमा १ बराबर १ कित्ताको अनुपातमा शेयर पाउने गरि स्वाप रेसियो कायम हुनेछ ।
प्रभ बैंकको साधारण शेयर आइतबार २ सय ३१ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । त्यस्तै, सेञ्चुरी बैंकको शेयर १ सय ९३ रुपैयाँमा कारोबार भएको थियो । यो अन्तरका आधारमा सेञ्चुरीका शेयर धनीलाई १९.३९ प्रतिशत फाइदा भएको हो ।
बजारले लियो करेक्सन
तर यस्तो नाफा एकीकृत कारोबार भएसम्म टिक्छ कि टिक्दैन भन्ने चाँहि निश्चित छैन । सम्झौता पछि सेञ्चरी बैंकको शेयर कारोबार रोक्का भएपनि प्रभुको भएको छैन । सोही कारण प्रभु बैंकको शेयरमा हुने उतारचढावले सेञ्चुरी बैकका शेयरधनीको सम्पतिको मूल्य निर्धारण हुन्छ ।
सम्झौता पछि सोमबार खुलेको बजारमा प्रभु बैंकको शेयर मूल्य गिरावट आएको छ । जबकी समग्र बजार भने आज बढेको छ ।



