काठमाडौं । नेप्सेले सेञ्चुरी बैंकको शेयर कारोबार राक्का गरेको छ । सोमवार प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरमा जाने सम्झौता भएसँगै साे बैंककाे शेयर कारोबार रोक्का भएको हो ।
दुई बैंकबिच आइतवार एक आपसमा मर्जरमा जानको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र सेञ्चुरी बैंकले १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका छन् ।
हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।