काठमाडौं । घोराही सिमेन्ट उद्योगले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । साउन ९ गते आईपीओ निष्काशनको लागि कम्पनीले निवेदन दिएको हो ।
कम्पनीले प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयलाई प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणको लागि प्रतिकित्ता ४ सय ३५ रुपैयाँमा शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङलाई नियुक्त गरेको छ।