images
images

ऋणपत्र निष्काशनको गर्न लागि दुई बैंकले पायो बोर्डबाट अनुमति 


  • 617
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    ऋणपत्र निष्काशनको गर्न  लागि दुई बैंकले पायो बोर्डबाट अनुमति 

    काठमाडौं । ऋणपत्र निष्काशनको गर्न लागि दुई बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति  पाएको छन् । अनुमति पाउनेमा हिमालयन बैंक र बैंक अफ काठमाण्डू रहेका छन्  ।

    अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

    हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

    कम्पनीले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।


    images
    images

    Logo