काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएलगत्तै शेयर बजार हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० को विन्दुमा पुगेको छ । यस दिन २ सय २० स्क्रिपको ४ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज १ सय २६ कम्पनीको शेयर मुल्य बढेको छ । ५१ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्। यद्यपि, लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत बढेको छ। यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन १.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख कित्ता शेयर कारोवार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आज बजार बढ्दा ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।



