काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अंकले बढेर २ हजार १ सय ४० दशमलब ३९ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन २ सय १६ स्क्रिपको २ अर्ब १९ करोड रुपैयाँ बराबरको ५१ लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ कम्पनीको उपसुचक मध्ये १० कम्पनीमा हरियाली छाएको छ भने ३ कम्पनी राताम्मे भएका छन् । शुक्रबार कारोवारमा आएका १ सय २ कम्पनीको शेयर मुल्य बढेको छ । ७१ कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ ।
आज १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुवित्त रहेको छ ।