images
images

एनएमबि क्यापिटलको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ साउन २६ गतेदेखि


  • 537
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    एनएमबि क्यापिटलको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ साउन २६ गतेदेखि

    एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो।

    क्यापिटलले कुल १२ हजार इकाई निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक तथा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ।  बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो  इकाईका लागि छिटोमा साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ। र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । सो योजनाको  बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo