images
images

ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • 559
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले ाईपीओ जारी गर्ने भएको छ । सो आईपीयो निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले  प्रभु क्यापिटललाई नियुक्तगरेको छ । 

    प्रभु क्यापिटल र ओम मेगाश्री फर्मास्यूटिकल्स बीच आज फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

    गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयू फार्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्यूटिकल्सको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेको यस कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिंग प्र्याक्टिसेज स्टान्डर्डस् अनुसार औषधी उत्पादन गर्ने  गरेको छ । सर्वप्रथम, नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनकोलागि प्रकृया शुरु गरेको थियो । हाल भने ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नकोलागि अनुमती प्राप्त भईसकेको छ र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको  छ ।

    यसैगरी, फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo