काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यस कम्पनीको १ करोड कित्ता आईपीओ सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १ सय ११ रुपैयाँ ३४ पैसादेखि ३ सय ३४रुपैयाँ ०२ पैसासम्मको रेन्ज तोकेको छ । शेयर सुचिकृत भएसंगै बिहिबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओ सिम्बोलबाट कारोबारमा आउनेछ । कम्पनीको BHDC सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गते अन्तिम सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका दिए । सो शेयर बुधबार नेप्सेमा सुचीकृत भएको हो ।



