images
images

उतारचढाबकाबीच २३ अंकले बढ्यो नेप्से, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 465
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    उतारचढाबकाबीच २३ अंकले बढ्यो नेप्से, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बुधबार सेयर बजारमा तीब्र उतारचढावकाबीच २३ अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार फेरी बढेर बन्द भएको  छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ अंकले बढ्दा २ हजार १ सय ११ दशमलव ९९ अंक विन्दुमा पुगेको छ । २ सय २७ स्क्रिपको ३ अर्ब १६ करोड रुपैयाँ बराबरको ७५ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार १ सय ५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा छ  ।  १८ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर आएको छ । 

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबैको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

     आज पनि शिवमको सर्वाधिक धेरै १७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण कावेली पावरको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको ८ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यस योजनाका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

     


    images
    images

    Logo