images
images

३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत


  • 317
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    ३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । ३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ ।बुधवार नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको २०८४ “छ”, २०८४ “ज” र २०८५ “च” को विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । 

    २०८४ “छ”, को ५ बर्ष अवधिको लागि ९.१९ प्रतिशत व्याजदर १५ अर्ब विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । २०८४ “ज” को ५ बर्ष अवधिको लागि ९.०२ प्रतिशत व्याजदर १५ अर्ब विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, २०८२ “च”को ६ बर्ष अबधिको लागि ८.४९ प्रतिशत ब्याजदर ५ अर्बको विकास ऋणपत्र ने्प्सेमा सुचीकृत भएको छ । यस्को निष्काशन राष्ट्र बैंकले २०७९ असार २२ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ असार २२ गते हुनेछ

    राष्ट्र बैंकले २०८४ “छ” नामक विकास ऋणपत्र २०७९ असार ८ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ । २०८४ “ज”नामक विकास ऋणपत्र २०७९ असार १५ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ असार १५ गते हुनेछ । 


    images
    images

    Logo