images
images

लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्ड साउन १९ गतेदेखि


  • 382
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्ड साउन १९ गतेदेखि

    काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ।क्यापिटलले कुल  ५ करोड इकाई निष्काशन गर्ने लागेको हो । 

    कुल इकाईमध्ये न्यूनतम ७५ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गर्नेछ। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको हो।

    उक्त इकाईमा छिटोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

    सो फण्डको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।


    images
    images

    Logo